
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विमानस्थल भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।
भन्सारको सुरक्षालाई त्रुटि रहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते यससम्बन्धी निर्णय गरेका थिए ।