
काठमाडौंको तीनकुनेमा समाचार संकलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।
शुक्रबार राजसंस्था पक्षधरहरुको प्रदर्शनका क्रममा एभिन्यूजकर्मी सुरेश रजकको जिउँदै जलाएर हत्या गरिएको घटनामा एभिन्यूज टेलिभिजन परिवार र मृतक पत्रकार रजकको परिवारले संयुक्त रूपमा सरकार समक्ष तीन बुँदे माग राखेका हुन ।
मृतकलाई निरपेक्ष रुपमा शहिद घोषणा गर्नुपर्ने, उच्चस्तरिय समिति गठन गरेर तीन दिन भित्र घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उलपब्ध गराउनु पर्ने माग गरिएको छ ।