
काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पहिला बलिङ गर्दै छ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले टस जितेर ब्याटिङ रोजेको पछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।
नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।
यस अघिको खेलमा टोलीमा रहेका गुलशन झाको स्थानमा भिम सार्कीले मौका पाएका छन् ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,भिम सार्की,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने