
सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा रहेका नेपालीहरूको मागअनुसार राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री मन्त्री रेखा शर्माले बताउनुभयो ।
सरकारले सनिल नेपाललाई पोर्चुगलको राजदूतमा नियुक्तिको सिफारिस गर्ने समेत निर्णय गरेको छ । पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको र दूतावास स्थापनाको माग हुन थालेपछि सरकारले दूतावास स्थापना गर्ने र राजदूत पठाउने निर्णय गरेको हो । पोर्चुगलमा २० हजारभन्दा धेरै नेपालीहरू रहेको अनुमान छ ।