
उदयपुर – मदनभन्डारी राजमार्गको गाईघाट–कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ इलामका २४ वर्षीय प्रगित राई रहेको उदयपुर प्रहरीले जनाएको छ।
कटारिबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ –०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।