
गलकोट (बागलुङ) । अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुंगा–जोमसोम सडकको विकल्पको रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
बागलुङ नगरपालिका–४, बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको छ । कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए ।