
मधेश प्रदेश पोखरामा जारी केपी ओली टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो । मधेश प्रदेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ८६ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ९७ रन बनाएको थियो । अब फाइनलमा मधेश प्रदेशको भिडन्त नेपाल आर्मीसँग हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।