जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ३८ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४७ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • मनोसामाजिक अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषणमा उचित भाषा र शब्दावलीको प्रयोगमा जोड

मनोसामाजिक अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषणमा उचित भाषा र शब्दावलीको प्रयोगमा जोड

सुर्खेत— मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित समाचार प्रकाशन गर्दा भएका त्रुटिहरू सच्याउने प्रतिवद्धता सुर्खेतका पत्रकारहरूले व्यक्त गरेका छन्।

फ्लेमको सहयोगमा कोशिशद्वारा सञ्चालित समाहित परियोजनाको क्रियाकलाप अन्तर्गत आयोजित अन्तरक्रियामा सहभागी पत्रकारहरूले रिपोर्टिङ गर्दा भाषा र शब्दावलीको उचित प्रयोग गर्न तथा विभेदकारी कानुनी प्रावधान हटाउन पैरवी गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत १४ जना पत्रकार र २ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू सहभागी थिए। स्वास्थ्य सेवा पहुँच, सामाजिक समावेशीकरण र भेदभावजस्ता चुनौतीहरू उजागर गर्ने तरिका तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी रिपोर्टिङ गर्दा प्रयोग गर्नुपर्ने शब्दावलीबारे छलफल गरिएको थियो।

कोशिशका परियोजना अधिकृत सूर्य प्रसाद भट्टराईले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता बीचको फरक, विभेदकारी कानुनी नीतिहरू, विद्यमान तथ्यांक तथा समस्या समाधानका उपायहरूबारे प्रस्तुति दिएका थिए।

कोशिशका कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटाले नेपालमा मनोसामाजिक अपाङ्गतालाई प्रायः मेडिकल मोडलबाट हेर्ने गरिएकाले यसलाई समाजसँग सम्बन्धित दृष्टिकोणबाट पनि बुझ्नुपर्नेमा जोड दिए। साथै, विभेदकारी कानुनी नीतिका कारण मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू राज्यका सेवा–सुविधाबाट वञ्चित भइरहेको उल्लेख गर्दै पत्रकारहरूले यस विषयमा पैरवी गर्नुपर्ने आवश्यकता औंल्याए।

पत्रकार ओम शाहीले नेपालमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूविरुद्ध बनेका विभेदकारी कानुनबारे आफू अनभिज्ञ रहेको स्वीकार गर्दै, प्रदेश सरकारले मानसिक स्वास्थ्य र परामर्श सेवातर्फ पर्याप्त ध्यान नदिएको धारणा राखे।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बस्यालले विगतमा समाचारमा प्रयोग गरिएका केही शब्दावलीहरू त्रुटिपूर्ण रहेको स्वीकार्दै, भविष्यमा यस्ता गल्ती सच्याउने र विभेदकारी कानुनी प्रावधान हटाउन पत्रकारितामार्फत वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले निराशाजनक विषयहरू उजागर गर्नुभन्दा सफलता र सकारात्मक कथाहरूलाई प्राथमिकता दिने कुरा बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91

छुटाउनु भयो कि?