प्रदेश
महोत्तरीको बल्वा नगरपालिकामा उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित
0 टिप्पणी

महोत्तरी – महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरू आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधतमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।
४ वैसाखमा बसेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख देवीले आफ्नो जिम्मेवारीमा प्रमुख प्रशासकीय अधिकृतले हस्तक्षेप गरेको भन्दै बोतल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।