
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ ।
सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरूलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उपप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो ।