जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।

बिहीबार एसियाली फुटबल महासङ्घ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल सङ्घ एन्फा सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए।

‘हामीले समयमै रङ्गशालाको सबै प्रक्रिया पुयाएर एएफसीलाई पत्र पठाएका थियौँ। एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ तुलाधरले भने।

राष्ट्रिय खेलकुद परिषद् राखेपले रङ्गशालाको संरक्षण गर्न थालेपछी पहिलोपटक एएएफसीले मान्यता दिएको हो। यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो। नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो।

यूएईसँगको खेल साउदी अरेबियामा खेलेको हो। मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले जेठमा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। राखेपले चैतबाटै मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

एएफसीका प्रतिनिधिले साउन ९ मा दशरथ रङ्गशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो। अब, साउन २९ मा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ।

नेपालको लिग विजेता मच्छिन्द्र एफसी र भुटानको लिग च्याम्पियनबीच साँझ ६ बजे खेल हुनेछ। यो खेलमा पारोको तर्फबाट जापानिज स्टार होन्डा पनि सहभागी हुनेछन्।

छुटाउनु भयो कि?