जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • रास्वपाद्धारा ३६ वटा विभाग गठन

रास्वपाद्धारा ३६ वटा विभाग गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले  ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरू तोकेको मुकुल ढकालले जानकारी दिए ।

कुन विभागको प्रमुख को ?

मुकुल ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभाग, कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपिन आचार्यलाई अभियान तथा प्रचार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डोलप्रसाद अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुशुम महर्जनलाई मानवीय विकास प्रवर्द्धन विभाग, विष्णु श्रेष्ठलाई केन्द्रीय आरएटी विभाग, खुश्वु सरकार श्रेष्ठलाई नेतृत्व क्षमता तथा मानव संशाधन विकास विभाग, दीपक बोहरालाई जनसम्पर्क विभाग, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग, लिमा अधिकारीलाई आर्थिक व्यवस्थापन विभाग, डा चन्द्रा कार्कीलाई गुनासो व्यवस्थापन विभाग, डा. अरनिको पाँडेलाई विकास योजना तथा नीति तर्जुमा विभाग, मनिष झालाई तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग र सार्वजनिक लेखा समीक्षा विभाग,  गणेश कार्कीलाई विधेयक मन्थन विभाग, अर्जुन अधिकारी गैरआवासीय नेपाली सम्पर्क विभाग, सोविता गौतमलाई कानुन तथा न्याय विभाग, डा। स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग, सुमना श्रेष्ठलाई शिक्षा विभाग र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग, डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभाग, अशोक चौधरीलाई कृषि विभाग र सहकारी विभाग, शिशिर खनाललाई पर्यटन तथा संस्कृति विभाग, विराजभक्त श्रेष्ठलाई मुद्रा तथा पुँजीबजार  विभाग, गणेश पराजुलीलाई उद्योग तथा वाणिज्य विभाग, असिम शाहलाई श्रम तथा उपभोक्ता हित विभाग, शिव नेपालीलाई यातायात विभाग, निशा डाँगीलाई पूर्वाधार विकास अनुगमन विभाग, सन्तोष परियारलाई मानवअधिकार विभाग, विनिता कठायतलाई वन, वातावरण तथा प्राकृतिक स्रोत साधन विभाग र लक्ष्मी तिवारीलाई महिला तथा सामाजिक विकास विभागको जिम्मेवारी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका