
काठमाडौं। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सचिव पदबाट राजीनामा दिएका हुन् । अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले जानकारी दियो ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
असार १७ गते सभामुख घिमिरेले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए