
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गरिनुपर्नेमा जोड दिएका छन् ।
शनिबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए । उनले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।”
फरक प्रसंगमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए ।
सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । उनले बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए । रासस