
नेपाली बजारमा आईतबार सुनको मूल्य १ लाख ५८ हजार रुपैयाँ नाघेको छ । गत शुक्रबारको तुलनामा आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै १९ सय २० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।