
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।