जोडिनुहोस
  • होमपेज
  • शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज० विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् ।

विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । आरक्ष विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उहाँ त्यहाँबाट विस्थापित हुनुभयो ।

आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा झन्डै चाररपाँच वर्ष सडकमै बिताउनुभयो । २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उहाँलगायतका ६ सय विस्थापित बसोबास गर्दै आउनुभएको छ ।

सरकारले व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि पीडितहरू त्यहाँ बसेका हुन् ।

आरक्ष पीडित भण्डारीले सरकारले आयोग गठन गरे पनि आफूहरूको व्यवस्थापन नभएको २४ वर्ष बितिसकेको गुनासो गर्नुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका