जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • कार दुर्घटनामा घाइते भएका इक्वेडरका २२ वर्षीय फुटबलर मार्कोको निधन

कार दुर्घटनामा घाइते भएका इक्वेडरका २२ वर्षीय फुटबलर मार्कोको निधन

कार दुर्घटनामा परी घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल टोलीका सदस्य मार्को एन्गुलोको निधन भएको छ । २२ वर्षीय फुटबलर मार्कोको उपचारका क्रममा निधन भएको एलडीयू क्विटो क्लबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा कार दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए ।

मार्कोको निधनप्रति इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै उनी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट साथी पनि रहेका बताएको छ । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मार्कोले तीन वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै उनले एलडीयू क्विटो क्लबबाट १६ वटा खेल खेलेका छन् ।

रिपोर्टका अनुसार कार दुर्घटनामा इन्डिपेन्डिएन्ट डेल भ्याले क्लबका फुटबलर रोबार्टो बाजेजास र मार्कोका साथी भिक्टर कार्कोपाको पनि निधन भएको छ । त्यति बेला कारमा अन्य दुई जना रहे पनि उनीहरूको अवस्थाबारे थाहा नभएको खबरमा उल्लेख छ ।