
काठमाडौं। आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो।
यस अनुसार छापावाल सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ। योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो।