जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५८ मिनेटutes अगाडि
  • होमपेज
  • १३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशत

१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशत

काठमाडौं– गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३।३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात दुवै बढ्न पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको भएको हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालमा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार बराबरको भएको थियो । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा १०।०९ प्रतिशत बढी आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालबाट ४६।५० प्रतिशत बढी निर्यात भएको छ । विभागको तथ्यांकअनुसार नेपालबाट माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ मात्रैको निर्यात भएको थियो ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल अगाडि, निर्यातमा सोयाबिन तेल

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ । उक्त अवधिमा नेपालमा ६६ अर्ब ४८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

सोही अवधिमा ३७ अर्ब ६४ करोड १५ लाख २४ हजार रुपैयाँ बराबरको पेट्रोल, ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ३१ अर्ब ६८ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र २९ अर्ब ९५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ आयात भएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरुमा सोयाबिनको तेल रहेको छ । सो अवधिमा नेपालबाट सोयाबिन तेल र सोको कच्चा पदार्थ ३२ अर्ब ४१ करोड ५७ लाख २१ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, सोही अवधिमा सनफ्लावर तेल तथा दाना ६ अर्ब ५७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

अन्य निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, कार्पेट, कालोचिया, फलामे डन्डी लगायतका वस्तु रहेका छन् ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका