जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • ६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै

६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै

काठमाडौं।करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गर्ने भएको छ ।

प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवम् सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

पछिल्लो ११ महिना मै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ९सीआईबी०ले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ ।

उनीहरूविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउन सीआईबीको सुझाव छ । पक्राउ पर्नेमा ९ जना विदेशी नागरिकसहित भन्सार कर्मचारी, भन्सार एजेन्टसहित रहेका छन् । ५ जना चिनियाँले काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी पनि बनाएको पाइएको छ ।

‘ब्रेक शु’सहित हङकङबाट नेपाल भित्रिएको सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । विभागले १९ दिन अनुसन्धान गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका