काठमाडौं, सुदूरपश्चिम विश्वविद्यालयले कानुन संकायमा उप–प्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा अध्यापनका लागि उप–प्राध्यापक आवश्यक भएकाले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकबाट माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।