जोडिनुहोस
  • होमपेज
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने

रुपन्देही । डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो ।

मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा आउने विमानस्थल प्रवक्ता सुवास झाले बताएका छन्।

गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन ।

प्रवक्ता झाले मौसममा सुधार आएसँगै फेब्रुअरीबाट पुनः उडान सुरु गर्ने छलफल भएको बताए ।

उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो ।

यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ । गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि बन्द छ ।

भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ।जेठ २ मा सुरु भएको यो विमानस्थलमा सबै सुविधा नहुँदा समस्या परेको विमान कम्पनीहरूले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका