जोडिनुहोस
  • होमपेज
  • डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउन सक्छ- अजय कुमार

डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउन सक्छ- अजय कुमार

नयाँ दिल्ली—डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउने, भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने, भौतिक नगद व्यवस्थापनमा लाग्ने लागत घटाउने र थप वित्तीय समावेशीकरणमा पनि योगदान पु-याउने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का कार्यकारी निर्देशक अजय कुमार चौधरीले बताएका छन् ।

आरबीआईले गत वर्ष थोक र खुद्रा व्यापारमा हरूमा केन्द्रीय बैंक डिजिटल मुद्रा को रुपमा सुरू गरिसकेको छ। चौधरीले डिजिटल मुद्राको भौतिक मुद्राको डिजिटल रूप मात्र भएको र यसका सबै विशेषता हुने बताए । डिजिटल मुद्राले हालको मुद्रालाई प्रतिस्थापन गर्नुको सट्टा परिपूरक बनाउने लक्ष्य राखेको बताउँदै उनले भने, हामीमा उपलब्ध रहेका कुनै पनि भुक्तानीको गुलदस्तालाई प्रतिस्थापन गर्ने कदमका रूपमा यसलाई बुझ्नु हुँदैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका