![अष्ट्रेलिया छैटौं पटक च्याम्पियन](https://sagarmatha.tv/wp-content/uploads/2023/02/749F2E0A-B90A-48D1-AEB1-316F30F6BB051677430091-1024x682.jpeg)
काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकाले सम्पन्न आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौं पटक जितेको छ ।
केपटाउनमा आईतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो। अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो ।
दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन् । चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाईन् ।
अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १/१ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाईन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् ।
दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २/२ विकेट लिईन् ।