जोडिनुहोस
  • होमपेज
  • समयमा निर्माण सम्पन्न नगरेपछि पाकिस्तानमा चिनियाँ कम्पनीलाई जरिवाना

समयमा निर्माण सम्पन्न नगरेपछि पाकिस्तानमा चिनियाँ कम्पनीलाई जरिवाना

साहिवाल– एसियाली विकास बैंकको सहयोगमा पञ्जाब इन्टरमिडिएट सिटीज इम्प्रुभमेन्ट एण्ड इन्भेस्टमेन्ट प्रोजेक्टअन्तर्गत काचापाका नूर शाहमा ढल निकासको काममा ढिलाइ गरेको भन्दै चिनियाँ कम्पनी चाइना गान्सु इन्टरनेशनल कर्पोरेशनलाई रु १० लाख जरिवाना गरिएको छ । परियोजना प्रबन्धक मुहम्मद अस्जिद खानले कम्पनीलाई काम सम्पन्न गर्न ढिलो गरेपछि जरिवाना गरिएको बताए।

एसियाली विकास बैंकले सहिवाल सहरमा स्वच्छ खानेपानी, सार्वजनिक पार्कको पुनर्स्थापना, फोहोर पानी प्रशोधन प्लान्ट, उच्च प्रविधियुक्त ठोस फोहोरमैला व्यवस्थान गर्ने मेसिनरी र ९१ किलोमिटर ट्रंक ढल लाइन बिछ्याउने गरी १८ अर्ब रुपैयाँका परियोजनाहरू संचालन गरेको छ । उक्त आयोजना प्रादेशिक, स्थानीय सरकार, सामुदायिक विकास र स्थानीय महानगरपालिका मार्फत कार्यान्वयन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV