
काठमाण्डु– गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९२ हजार ९०० कायम भएको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १६५ मा कारोबार भएको थियो ।
यस्तै चाँदी १५ रुपैयाँले गिरावट आएको छ । एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।