जोडिनुहोस
  • होमपेज
  • पतञ्जलिमा मैले कुनै बेठिक काम गरेको छैन : माधव नेपाल

पतञ्जलिमा मैले कुनै बेठिक काम गरेको छैन : माधव नेपाल

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताएका छन् ।

रौतहटस्थित पार्टी कार्यालयमा बिहीबार प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुनसक्ने बताए । ‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’उनले भने, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला, मेरो संलग्नता छैन ।’

नेपाली जनता स्वस्थ रहून् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ । उनले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताए । ‘मैले बदमासी गरेको हुनुपर्‍यो नि डराउनलाई । मैले कुनै अनुचित काम गरेको छैन । र, अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले अगाडि भने ।

पूर्वप्रधानमन्त्री नेपालले काठमाडौं गएपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर थप धारणा सार्वजनिक गर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका