जोडिनुहोस
  • होमपेज
  • आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले पहिला ब्याटिङ गर्ने

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको छ ।

सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल केही समयमा सुरु हुदैछ । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।

मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।

नेपालको प्लेईङ-११ :
आकाश त्रिपाटी, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक बोहरा, देव खनाल, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी, उत्तम थापामगर

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका