जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा पूर्वमन्त्री जोशीको प्रतिमा अनावरण

राष्ट्रपतिद्वारा पूर्वमन्त्री जोशीको प्रतिमा अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रतिमा अनावरण गरेका छन् । आज बिहान काठमाडौंको हनुमानढोका पछाडि याट्खामा राष्ट्रपति पौडेलले जोशीको सालिक अनावरण गरेका हुन् ।

यस अवसरमा राष्ट्रपति पौडेलले पूर्वमन्त्री नवीन्द्रराज जोशीको निष्ठावान् राजनीतिको प्रशंसा गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।मष्तिष्काघातका कारण १७ चैत २०७७ मा जोशीको निधन भएको थियो।

उपचारका क्रममा उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । जोशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका