जोडिनुहोस
  • होमपेज
  • जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै

जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै

नयाँ दिल्ली–भारतको अध्यक्षता भईरहेको जी–२० सम्मेलन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक मार्च २८ देखि मार्च ३० सम्म मुम्बईमा हुनेछ ।

वाणिज्य सचिव सुनिल बर्थवालले तीनदिने बैठकमा जी– सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू, क्षेत्रीय समूहहरू र अन्तर्राष्ट्रिय संगठनहरूका १०० भन्दा बढी प्रतिनिधिहरू विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा संलग्न हुने बताए।

बैठकको ट्रेड फाइनान्स सम्बन्धी सेमिनार हुनुको साथै बैंक, वित्तीय संस्था, विकास वित्त संस्था र वित्तीय संस्थाहरूको भूमिका, निर्यात ऋण सबन्धि छलफल गरिनेछ। त्यसपछि भारत डायमण्ड बोर्सको निर्देशित भ्रमण हुनेछ। बैठकको उद्घाटन भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका