जोडिनुहोस
  • होमपेज
  • उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको ट्राफिक प्रहरीको विशेष चेकिङमा १२ जना स्कुल बसका चालक कारबाहीमा परेका छन् । । ट्राफिक प्रहरीले गरेको चेकिङमा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ ओटा स्कुल बसका चालकमाथि आज उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ११ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यले ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ ।

यो सँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २६२ जना चालकलाई पनि कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका