जोडिनुहोस
  • होमपेज
  • बाँकेबाट चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

बाँकेबाट चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा मंगल रावलसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो । टोलीमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका भीसी डा रावल, प्रतिष्ठानका रेक्टर डा डबल धामी, नेपालगञ्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा श्याम विक, नेपालगञ्ज मेडिकल कलेजका जनरल फिजिसियन डा देवेन्द्र आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका एनेस्थियोलोजिस्ट डा रविन खापुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका मानव नेपाली र स्वास्थ्य शाखा खजुरा गाउँपालिका, बाँकेका प्रमुख दीपक रोकाया छन् । अत्यावश्यक औषधिसमेत लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको टोलीका एक सदस्य डा आचार्यले जानकारी दिए ।

यही टोलीसँगै नेपाली सेनाको हेलिकप्टर चढेर कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्मा र रास्वापाकी प्रतिनिधि सभा सदस्य डा तोसिमा कार्की पनि भूकम्प प्रभावित क्षेत्रमा गएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14