जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • शेख हसिनाले भनिन्, ‘स्वतन्त्र बंगलादेशका लागि लडेका मेरो पिताको अपमान गरियो’

शेख हसिनाले भनिन्, ‘स्वतन्त्र बंगलादेशका लागि लडेका मेरो पिताको अपमान गरियो’

नयाँदिल्ली । भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वतन्त्रताका लागि लडेका आफ्ना बुवाको अपमान गरिएको बताएकी छन् ।

बङ्गलादेशमा चर्किएको विद्यार्थी आन्दोलन थेग्न नसकेर त्यहाँस्थजित सेनाको सहयोगमा देश छोडेर अगस्ट ५ मा भारत पुगेकी उनले यस्तो गुनासो गरेकी हुन् ।

‘बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, तर अहिले उहाँको अपमान गरिएको छ’, गुनासोसहित उनले भनिन्, ‘उनीहरू ९प्रदर्शनकारी०ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्यायका लागि अपील गर्छु ।’

शेख हसिनाको यो बयान उनका छोरा सजीव वाजिद जोयलाई उद्धृत गर्दै सञ्चारमाध्यममा आएको हो । उनले आफ्नी आमाको उक्त भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाले बङ्गलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्।

मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। यसैबीच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा पनि रद्द गरिदिएको छ ।

हसिनाले विद्यार्थी आन्दोलनका क्रममा मारिएका ५ सय बढीलाई श्रद्धाञ्जली पनि दिएकी छन् ।

‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु’, उनले भनेकी छन्, ‘उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनीहरूसँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाएको पीडासँग जिउँदै मरेका छन।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’