जोडिनुहोस
  • होमपेज
  • पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने नेकपा एसको निर्णय

पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने नेकपा एसको निर्णय

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उनले बताए । खतिवडाले न्यौपानेले लगाएका आरोपहरू खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे । न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनको भनाइ छ । त्यस्तै सचिवालय बैठकले आगामी बैशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने र प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका