जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका