बा ५ ख ४५७०, ना ८ ख २९१९, प्रदेश ३–०१–००६ ख १०७२ र बा ३ ख ३९२७ नम्बरको टिपर एकैपटक ठोकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बिहान सवा ५ बजे दुर्घटना भएको बताए।
उनका अनुसार दुर्घटनामा एक जना चालक घाइते भएका छन्। साँखुस्थित पिपुल्स लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ। तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।