![मतदान केन्द्रमा होहल्ला गरेको आरोपमा बारामा ४ जना पक्राउ](https://sagarmatha.tv/wp-content/uploads/2023/01/Arrested1609746580-1024x596.jpg)
बारा । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ ।
अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।