जोडिनुहोस
  • होमपेज
  • लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले गरे चुनावी खर्च विवरण सार्वजनिक

लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले गरे चुनावी खर्च विवरण सार्वजनिक

काठमाडौँ- लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङबाट प्रदेशसभामा चुनिएका पौडेलले सोमबार खर्च विवरण सार्वजनिक गरेका हुन् ।

त्रकार सम्मेलन गरेर उनले खर्च विवरण सार्वजनिक गरेका हुन् । सवारी साधन शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ, इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ, खाना तथा खाजाका लागि १ लाख ४४ हजार रुपैयाँ, झण्डा तथा ब्यानर निर्माणको लागि १ लाख ८२ हजार २ सय रुपैयाँ र पर्चा पम्प्लेटमा तीन लाख ४४ हजार २ सय गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

उनले सोही विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन्

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका