![चितवन- २ मा रवि ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि](https://sagarmatha.tv/wp-content/uploads/2023/04/Rabi-lamichhane-3-1024x621-1.jpg)
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६० हजार६७३ मत गणना भएको भएको छ ।
लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७हजार ९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।