जोडिनुहोस
  • होमपेज
  • अपराजित रहदै नेपाल सेमिफाइनलमा

अपराजित रहदै नेपाल सेमिफाइनलमा

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५-१५ तथा अमिर फरिकले १४ रन बनाए ।

ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउदा नेपालले खेल जित्यो ।

नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । ललितनारायण राजवंशीले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए ।

कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।

चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका