जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको फ्लोर मिल्स एसोसिएसनले सबै मिलहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

पाकिस्तानको फ्लोर मिल्स एसोसिएसनले सबै मिलहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

इस्लामाबाद— पाकिस्तानको फ्लोर मिल्स एसोसिएसनले सबै मिलहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ, पाकिस्तानको एआरवाई न्यूजले उल्लेख गरेको छ।

फ्लोर मिल्स एसोेसिएसन का अध्यक्ष चौधरी आमिरले पत्रकार सम्मेलनमा खाद्य विभागले ठगी गरेको भन्दै बिहीबार साँझ ७ बजेदेखि मिठो मिल हडतालमा जान बाध्य भएको बताए ।

उनले सिन्ध भित्रबाट कराँचीसम्म गहुँ ल्याउन प्रतिबन्ध लगाएपछि मिलहरु हडतालमा गएको बेला प्रान्तीय खाद्यमन्त्रीले ५० लाख बोरा गहुँ दिने वाचा गरेका थिए ।

ती कराचीको मिलहरूका लागि दुई महिनाको लागि पर्याप्त थिए। यस अवस्थाका कारण कराँचीका ७० प्रतिशत पिठो मिलले काम गर्न छाडेका छन् र थप पिठो मिलहरू बन्द हुने अवस्थामा रहेको आटा मिल संघका अध्यक्षले बताए । सहरमा पिठोको चर्को संकट छ ।

उनले आफ्ना मागहरू स्वीकार नगरे बिहीबार साँझ ७ बजेदेखि पिठो मिलहरू बन्द गर्ने र यो बन्द अनिश्चितकालका लागि जारी रहने एआरवाई न्यूजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14