जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

काठमाडौं । दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो ।

घिमिरेले २० जेठमा दोलखा भिमेश्वर–१ का ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या गरेको आरोप लागेको छ । घर नजिकैको मकैबारीमा विश्वकर्माको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।