जोडिनुहोस
  • होमपेज
  • नक्कली शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय: गगन थापा

नक्कली शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको महामन्त्री थापाले बताए ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै अझै गहिरोसँग अनुसन्धान गर्न उनले आग्रह गरे ।

‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ उनले भने ।

यो प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायामाझीका बाबुछोरा, नेपाल सरकारका सचिव टोकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाउछोरालाई पक्राउ गरेको छ।

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका