जोडिनुहोस
  • होमपेज
  • विश्वका दुई दर्जन देशबाट भित्रिन्छ ‘बडी लोसन’, बाहिरियो साढे ३७ करोड

विश्वका दुई दर्जन देशबाट भित्रिन्छ ‘बडी लोसन’, बाहिरियो साढे ३७ करोड

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ‘बडी लोसन’ आयातमा साढे ३७ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त रकम बिदेसिएको हो ।

यस अवधिमा नेपालमा ४ लाख २० हजार किलोग्राम बडी लोसन भित्रिएको छ । र, आयातकर्ताले बडी लोसन नेपालमा भित्र्याएबापत राज्यलाई १८ करोड ६३ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । विभागको तथ्यांकअनुसार नेपालमा विश्वका २ दर्जनभन्दा धेरै देशबाट ‘बडी लोसन’ भित्रिने गरेको छ ।

यसमध्ये क्यानडाबाट ४६लाख ३१ हजार रुपैयाँको भित्रिएको छ । यस्तै, चीनबाट १ करोड ३१ लाखको बडी लोसन भित्रिँदा फ्रान्सबाट ५० लाख र जर्मनीबाट २५ लाख रुपैयाँको लोसन भित्रिएको छ । भारतबाट सबैभन्दा धेरै २७ करोड १८ लाख रुपैयाँको लोसन भित्रिँदा इण्डोनेशियाबाट १ करोड २३ लाखको आयात भएको विभागको तथ्यांकमा देखिएको छ ।

यसैगरी, दक्षिण कोरियाबाट ९४ लाख र मलेसियाबाट ४६लाख रुपैयाँको भित्रिएको छ । यसबाहेक अन्य मुलुकबाट भने नगण्य मात्रामा बडी लोसन भित्रिने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका