जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानको पक्तिया प्रान्तमा थप सात सञ्चार माध्यम बन्द

अफगानिस्तानको पक्तिया प्रान्तमा थप सात सञ्चार माध्यम बन्द

काबुल— तालिबानले २०२१ मा अफगानिस्तान कब्जा गरेपछि जारी आर्थिक चुनौतिहरूको कारण पक्तिया प्रान्तमा थप सातवटा सञ्चार माध्यम बन्द भएका पाकिस्तानको सञ्चार माध्यम टोलो न्यूजले उल्लेख गरेको छ।

अधिकारीका अनुसार बन्द भएका सञ्चार माध्यममा चार रेडियो स्टेशन, दुई छापा मिडिया र एउटा अनलाइन मिडिया रहेका छन् ।

अफगानिस्तान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले आफ्नो पछिल्लो निष्कर्षमा देशमा पत्रकार संलग्न हिंसा र गिरफ्तारीका २०० भन्दा बढी घटनाहरू भएको खुलासा गरेको छ।

समाचारका अनुसार अफगानिस्तानमा १३ पत्रकार अझै पनि जेलमा छन्। पक्तियाको एक रेडियो स्टेशनका प्रमुख सैयद ओमेर आदिलले भने, ‘प्रान्तमा सञ्चालित सञ्चारमाध्यमहरूमा धेरै आर्थिक समस्याहरू छन् र उनीहरूलाई वित्त पोषण गर्ने कुनै खास स्रोत छैन।’

‘मिडिया देशको आँखा हो, सरकारले त्यता ध्यान दियो भने यसले आफैंलाई फाइदा गर्छ र प्रणालीलाई वैधानिकता दिन सक्छ,’ रेडियोका प्रमुख सैफ सय्यदले भने ।

केही सञ्चारमाध्यमका अधिकारी तथा कर्मचारीका अनुसार सञ्चारमाध्यमले अझै पनि सञ्चालन र सहयोग नगरेमा आफ्ना गतिविधि बन्द हुने चिन्ता रहेको टोलो न्यूजले जनाएको छ ।

रेडियो स्टेशनका कर्मचारी एहसानुल्लाह तैबले भने, ‘सामान्यतया मिडियाले आर्थिक समस्याको सामना गरिरहेको छ, र प्रान्तमा मिडियाले आफ्नो ढोका बन्द गर्न धेरै समय लाग्दैन ।’

टोलो न्यूजका अनुसार पक्तियाकाे सूचना र संस्कृति विभागले तालिवानको सिद्धान्तमा चल्ने मिडियालाई सहयोग गर्ने वाचा गरेको छ।

अगस्टको सुरुमा, रिपोर्टर्स विदाउट बोर्डर्सको एक प्रतिवेदन अनुसार अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि ८) प्रतिशत भन्दा बढी महिला पत्रकारहरू आफ्नो काम छोड्न बाध्य भएको खुलासा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options