जोडिनुहोस
  • होमपेज
  • युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सांसद शाही

युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सांसद शाही

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताएका हुन् । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताए । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरे ।

शाहीले बोलेलगत्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैर राजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम भएको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरुले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका