![महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै](https://sagarmatha.tv/wp-content/uploads/2023/06/khel-3.webp)
काठमाडौँ । हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले आज पाकिस्तान-ए सँग खेल्दै छ ।
नेपाली महिला क्रिकेट टिमले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ६: ४५ बजेदेखि शुरु हुने छ ।
१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ ।
नेपालले पहिलो खेल आज पाकिस्तानको ए टिमसँग खेल्दै छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टीम- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।