![भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु](https://sagarmatha.tv/wp-content/uploads/2023/06/odisha-bus-accident_cMNlokegZm-1024x569.jpg)
ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उपचारका लागि बह्रम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।