जोडिनुहोस
  • होमपेज
  • ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास

ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् ।

३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् ।

मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले ३७ एकदिवसीय खेलमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् भने ४५ टी-२० खेलमा एक शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन् ।

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका